नमोवुद्ध-१ का पूर्व वडा अध्यक्ष कर्मा ग्याल्बोको निसासिएर मृत्यु

0
Shares

काभ्रे।

नमोवुद्ध नगरपालिका वडा नम्बर १ का पूर्व वडा अध्यक्ष ८२ वर्षीय कर्म ग्याल्बो लामाको निसासिएर मृत्यु भएको छ ।

लामा र उनको श्रीमती हसाईनीमाया लामा नमोवुद्ध नगरपालिका वडा नम्बर १ श्यामपाटी स्थित आफ्नै घरमा इलेक्ट्रिक हिटर र कोइला बालेर सुतेका थिए ।

आज बिहान ७:३० बजे अचेत अवस्थामा फेला परेका उनीहरु दुबै जनालाई उपचारको लागि धुलिखेल अस्पतालमा ल्याईएको थियो । उपचारका क्रममा धुलिखेल अस्पतालमा लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

लामाको श्रीमती ८२ वर्षीया हसाइनी मायाको भने होस नखुलेको प्रहरीले जानकारी दिएको छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।