मध्यपहाडको संकल्प यात्रामा जनताको अभूतपूर्व समर्थन प्राप्त भएको छ : शंकर पोखरेल

0
Shares

काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले मध्यपहाडी लोकमार्गमा सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प अभियानले जनताको अभूतपूर्व समर्थन प्राप्त गरेको बताएका छन ।

 केन्द्रीय प्रचार तथा प्रकाशन विभागको आज बसेको बैठकमा बोल्दै महासचिव पोखरेलले यात्रामा जनताको अभूतपूर्व समर्थन प्राप्त भएको निष्कर्ष सुनाएका हुन्  ।

‘एमालेको संकल्प यात्राले जनताको अभूतपूर्व समर्थन प्राप्त गरेको छ, एक हिसाबमा भन्दा जसरी जनताको समर्थन प्राप्त भयो, त्यसहिसाववमा यो यात्राले सिंगो नेपाललाई जोडने काम गरेको छ,’ बैठकमा महासचिव पोखरेलको भनाई उधृत गर्दै प्रेस चौतारी नेपालका अध्यक्षसमेत रहेका विभाग सदस्य गणेश बस्नेतले भने । बस्नेतका अनुसार महासचिव पोखरेलले बैठकमा महासचिव पोखरेलले यात्राको बिषयमा समग्र पाटोबारे जानकारी गर्दै विश्लेषण राखेका थिए ।

 ‘संकल्प यात्रा सोचेभन्दा प्रभावकारी बन्यो । यात्राका प्रभाव मूल्यांकन र सन्देश प्रवाह त्योभन्दा महत्त्वपूर्ण हुन्छ भन्ने महासचिव पोखरेलको भनाई थियो । ‘आन्तरिक रुपमा जसरी एकताबद्ध एमाले थियो, नेतृत्वप्रति जुन विश्वास थियो, बाहिर अलिअलि विरोध र आरोपहरु थिए, अर्थात बाहिर सिंगो पार्टीको नेतृत्वलाई सुदृढ गर्न सकिएको थिएन । तर यो यात्राले नेतृत्वप्रति जनताको अगाध आस्था, विश्वास छ भन्ने प्रमाणित गरेको छ,’ महासचिव पोखरेलको भनाई थियो, ‘अव बुझाइमा रहेको भिन्नता तोडिएको छ ।

 यात्राको सवभन्दा  ठुलो सफलता आन्तरिक रुपमा यो हो । पार्टी पनि सुदृढ भको छ नेतृत्वको मामलामा । जनता र कार्यकर्तासंगको सम्बन्ध सुदृढ भएको छ । यात्राका क्रममा आफना मान्यताहरूलाई सफल कार्यान्वयन गरेको छ ।’

महासचिव पोखरेलले यात्राले अवको राजनीतिक एजेन्डा विकास र समृद्धि भएको तथ्यलाई पनि स्थापित गरेको बताए । ‘अबको राजनीतिकको मूल अजेंडा विकास र समृद्धि हुनुपर्छ भन्ने मान्यता स्थापित भएको छ,’ पोखरेलले भने, ‘यात्रामा नजोडिएकाहरूले पनि यात्राको खुलेर प्रसंशा गरे । तीन साता एमालेको एजेन्डा वरिपरि राष्ट्रिय राजनीतिलाई केन्द्रित गरेको छ ।’

एमालेको संकल्प यात्राले प्रतिगमनकारी र ब्यवस्थाबिरोधीको योजनालाई धुजाधुजा पारेर च्यातिदिएको निष्कर्ष पनि महासचिव पोखरेलले सुनाएका थिए । ‘धर्मको राजनीति, जातीय अतिवादप्रति जनता छैनन् भन्ने प्रमाणित गरेका छन, प्रतिगामीको योजना चकनाचुर बनेको छ,’ महासचिव पोखरेलले भने ।

 यस्तै उनले मुलुकको सांस्कृतिक बिबिधतालाई यात्राले जोडने काम गरेको पनि बताएका छन । ‘सांस्कृतिक विविधता एकै पटक पोखियो नेपालको । नेपाल चिनाउने संस्कृतिक आधार छ । आफनो सांस्कृतिक पहिचानसहित एमालेको कार्यक्रममा सहभागी हुने कुरा ऐतिहासिक रह्यो,’ पोखरेलले भने । यस्तै मध्यपहाडमा स्वतःस्फुर्त रुपमा आफनो उत्पादनबारे किसानले परिचय गराउने काम गरेको दावी गरेका थिए ।

 महासचिव पोखरेलले १८ दिनको यात्रामै आफूहरु मध्यपहाडी क्षेत्रका जनताका सरोकारहरूलाई संकलन गर्न सफल भएको निष्कर्ष पनि सुनाएको बस्नेतले बताए । यात्राले त्यस क्षेत्रका बिकासका कामबारे पनि आफूहरुको सिंगो टीम जानकार भएको वोखरेलको भनाई छ । ‘मध्यपहाडी लोकमार्गलाई राजमार्गको रूपमा विकास गर्न ध्यान केन्द्रित गर्न सकिएको रहेनछ भन्ने अनुभूति भएको छ,’ उनले भने ।