प्रतिबन्धित लागूऔषध ट्याब्लेटसहित ४ जना पक्राउ

0
Shares

काठमाडौँ ।

प्रतिबन्धित लागूऔषध ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा कलैया उप-महानगरपालिका वडा नं.१ बस्ने ४३ वर्षीय   जय शंकर प्रसाद यादव,सोही ठाउँ बस्ने वर्ष २४ को मनिष कुमार साह, बारा निजगढ नगरपालिका वडा नं.८ बुद्ध चोक बस्ने वर्ष २० को विवेक मोक्तान, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१६ टांगिया बस्ने वर्ष २० को सागर तामाङ रहेका छन्।

निजगढ नगरपालिका वडा नं.९ शहिद चोकस्थित बजारमा आइतबार दिउँसो  प्र.२-०३-०१६ प ०८८८ नं.को मोटरसाइकलमा  लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिमरा र निजगढ बाराबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध फेनरागन- २९६ पिस,डाईजेपाम- ३०३ पिस बुप्रो नोर्फिन- ३०० पिस,ट्रामनिल- १८ पत्ता १८० ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका  प्रवक्ता तथा सूचना अधिकारी दधिराम न्यौपानेले जानकारी दिए।