प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री बनेको एक वर्ष पूरा भएको दिन मंगलबार अपरान्ह ३ बजे प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

 उनका अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।