अवरुद्ध बिपी राजमार्ग खुल्यो 

0
Shares

सिन्धुली ।

बसको ठक्करबाट दुई जनाको मृत्यु भएको विषयलाई लिएर अवरुद्ध गरिएको सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित बिपी राजमार्ग खुलेको छ ।

बसले मोटरसाइकललाई ठक्कर दिएपछि दुई जनाको मृत्यु भएसँगै आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गर्दै सडक नै अवरुद्ध पारेका थिए । तर, दिउँसो १ बजेबाट अवरुद्ध सडक सञ्चालनमा आएको र कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

रामेछापको मन्थलीबाट काठमाडौंजाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो ।

बसले ठक्कर दिएलगत्तै सोमबार बिहान १० बजेबाट स्थानीयले सडक अवरुद्ध पारेका थिए ।