सासू बुहारी मृत अवस्थामा फेला 

0
Shares

नवलपरासी।

पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी गाउँपालिका १ मा आइतबार   जंगल गएका एकै घरका सासू बुहारी मृत अवस्थामा  फेला परेका छन् ।
दिउँसाे घाँस दाउरा लिन जंगल गएका सासू बुहारी सांंझ अवेर सम्म घर नफर्के पछि खोजी गर्दै जाँदा स्थानीय खहरे वन भित्र राति सवा ९ बजे दुवै मृत फेला परेको प्रहरीले बताएको  छ ।

मृत्यु हुनेमा ६० वर्षीया सासू मना देवी पाैडेल र बुहारी करिब २८ वर्षकी विष्णु पाैडेल रहेका छन् ।

घटना स्थल दुम्किबास जंगल स्थित पूर्व पश्चिम राजमार्गबाट करिब डेढ किमी भित्र रहेको बताइएको छ।

घटनाबारे जानकारी पाए लगतै प्रहरी र स्थानीय बासिन्दाको टाेली खहरे वन खाेज तलासका लागि गएकाे थियाे ।

प्राप्त विवरण अनुसार मृतक सासू बुहारीको  बायाँ  कम्पारो र टाउका पछाडि ठूलाे चाेट रहेकोले उनीहरू कुनै हिंस्रक आक्रमण परेको अनुमान गरिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रनाउ बेद बहादुर पौडेलले बताए ।