काठमाडौं ।
डा. नवराज प्रधानको ठूली बोलको गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट हालै रिलिज भएको छ। गीतमा शब्द रचना, संगीत र स्वर उनकै छ भने एरेन्जमेन्ट कालीप्रसाद बास्कोटाले गरेका छन्।
गीतको भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन्। पारिवारका कारण प्रेम सम्बन्धमा आउने उतारचढावको कथालाई भिडियोमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ।
गौरव र श्रद्धाका साथमा निर्मल शर्मा, रामबहादुर अधिकारी लगायतका कलाकारलाई प्रस्तुत गरिएको भिडियोमा गौतमराज खड्काको कथा, सम्पादन र निर्देशन तथा सौरभ लामाको छायांकन रहेको छ।
प्रतिक्रिया