त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडा बरामद 

0
Shares

काठमाडौँ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले चोरीपैठारीको आशंकामा २ सय १९ थान तयारी कपडा बरामद गरेको छ ।

   शनिवार   भद्रपुर विमानस्थलबाट १२ः३० बजे  यति एयरलाइन्सको उडानबाट कार्गो मार्फत  पठाइएको ७ वटा  पोकामा रहेको तयारी कपडा सशस्त्र प्रहरी बल नेपालको  राजश्व अनुसन्धान विभाग हरिहर भवनमा तैनाथ राजश्व प्रहरीले  नियन्त्रणमा लिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सो  कपडा बरामद भएको हो ।

यसैगरी रुपन्देही जिल्लाको देवदह नगरपालिका ७ बाट विलविजकमा उल्लेख भएभन्दा बढी  सामान बोकेकोे ट्रक सशस्त्र प्रहरीले शनिवार  नियन्त्रणमा लिएको छ ।

        सशस्त्र प्रहरी बल नेपालको ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सुरक्षा बेस वुटवलले बीरगंजबाट दाङतर्फ सामान बोकेर जाँँदै गरेको लु ०१ ख ८२५८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

 नियन्त्रणमा लिएको सामान तथा ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय वुटवलमा बुझाइएको प्रहरीले जनाएको छ।