सभापति लामिछानेलाई खोया हान्ने युवक १० दिन हिरासतमा रहने

0
Shares

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा खोया हान्ने युवकलाई प्रहरीले १० दिन हिरासतमा राख्ने भएको छ ।

सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

पोखराको एक सभामा बोल्दै गर्दा शनिबार लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाटले लामिछानेमाथि मकैको खोया प्रहार गरेका थिए ।

रास्वपा सभापति लामिछानेले खोया हान्ने व्यक्तिलाई केही नगर्न आग्रह गरेका थिए । तर, प्रहरीले कसैको उजुरीका आधारमा नभइ प्रहरी प्रतिवेदनका आधारमा मुद्धा अगाडि बढाएको बताएको छ ।