एमाले सांसद कोइरीको निलम्बन फुकुवा

0
Shares

काठमाडौं ।

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ ।

सभामुख देवराज घिमिरेले महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरीको निलम्बन आइतबार फुकुवा गरेका हुन्।

संसद् सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले आइतबार सूचना जारी गर्दै कोइरीको निलम्बन फुकुवा भएको जानकारी दिएका छन्।

निलम्बन फुकुवा भएपछि अब कोइरीले संसद्‍मा उपस्थित हुन पाउनेछन्। यसका साथै अब उनले संसदीय समितिहरूका बैठकमा पनि भाग लिने बाटो खुलेको छ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि कोइरीलाई संसद् सचिवालयले २०८० वैशाख १९ गतेदेखि निलम्बन गरेको थियो।

तर, उक्त प्रकरणमा महोत्तरी जिल्ला अदालतले सफाइ दिएसँगै कोइरीले निलम्बन फुकुवाका लागि कोइरीले संसद् सचिवालयमा निवेदन दिएका थिए।