कमल थापाको नेतृत्वमा मन्त्री किराँतीको पुत्ला दहन

0
Shares

भक्तपुर । 

 राप्रपा नेपाल भक्तपुरले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको पुत्ला दहन गरेको  छ।

 ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वासमाथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको भन्दै उनीहरुले पुत्ला दहन गरेका हुन्। मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरुले मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

भक्तपुरको मध्यपुर ठिमीमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता विष्णु भट्टराईले मन्त्री किराँतीको चर्को विरोध गर्दै तत्काल बर्खास्त गर्नुपर्ने माग गरे ।

कार्यक्रम अघिको बैठकमा बोल्दै अध्यक्ष कमल थापाले आन्दोलनको वातावरण निर्माण गर्न र व्यापक तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । थापाले बृहत् मोर्चाको आवश्यकता औँल्याउँदै राष्ट्रवादी देशभक्त र प्रजातन्त्रवादी शक्ति एक ठाउँमा आएर संघीय गणतान्त्रिक भ्रष्ट व्यवस्थाको अन्त्य आवश्यक भएकोमा जोड दिए । पार्टीले आगामी पौष १६ गते भक्तपुरमा विरोध सभा गर्ने निर्णय गरेको छ ।