इत्तिफाकमाथि अल नासरको ३-१ को शानदार जित

0
Shares

काठमाडौं ।

साउदी प्रो लिग अन्तर्गत अल नासरले अल इत्तिफाकलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३(१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा एलेक्स टेल्लेज, मार्सेलो ब्रोजोभिक र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यस्तै अल इत्तिफाकका लागि एक गोल मोहमद अल कुवायकिबीले गरेका थिए ।

यो अल नासरको यस सिजनमा १३औं जित हो । १७ खेलमा ४० अंक हासिल गरेको अल नासर दोस्रो स्थानमा रहेको छ ।त्यस्तै १८ खेलमा अपराजित रहदै ५० अंक हासिल गरेको अल हिलाल शिर्ष स्थानमा रहेको छ । त्यसैगरी अल इत्तिफाकको भने यो यस सिजनमा छैटौं हार हो । १८ खेलमा २४ अंक रहेको अल इत्तिफाक आठौ स्थानमा रहेको छ ।