पिस पोस्टर प्रतियोगितामा नेपालबाट आरुषी अधिकारी प्रथम 

0
Shares

कास्की ।

 पिस पोस्टर प्रतियोगितामा मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालबाट आरुषी अधिकारी प्रथम भएकी छन् । लायन्स अन्तर्राष्ट्रियको पिस पोस्टर प्रतियोगितामा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रतिनिधित्व गर्दै सँगसँगै मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालको तर्फबाट लायन्स अन्तराष्ट्रियको पिस पोस्टर छनोटमा उनले बनाएको पोस्टर समावेश हुनेछ । नेपालबाट प्रथम पिस पोस्टरलाई लायन्स अन्तर्राष्ट्रियको सचिवालयमा पठाइन्छ । संसारभरका पिस पोस्टरमा पनि प्रथम हुनेले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनुका साथै एक अभिभावकसहित अमेरिका भ्रमण गर्न पाउने छ ।

नेपाल मोडल स्कुल, टोखा, काठमाडौं कक्षा ७ मा अध्ययनरत अधिकारीले ‘Dare to Dream’ सपना देख्ने हिम्मत गरौँ थिममा आधारित पिस पोस्टरको चित्र कोरेकी थिइन् ।

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ काठमाडौं फाइन आर्टसको आयोजनामा नेपाल मोडल स्कुलमा पिस पोस्टर प्रतियोगिता भएको थियो ।

लायन्स अन्तर्राष्ट्रियले प्रत्येक बर्ष सञ्चालन गर्ने पिस पोस्टर प्रतियोगिता यस बर्ष डिष्ट्रिक्ट ३२५ आई का ८५ वटा क्लबले विभिन्न स्कुलमा प्रतियोगिता सम्पन्न गरेका थिए । ति मध्ये नेपाल मोडल स्कुलकी छात्रा अधिकारीले कोरेको चित्र प्रथम भएकोले डिष्ट्रिक्टबाट मल्टीपलमा पठाएको थियो । सोही प्रकृतिका १५ वटा डिष्ट्रिक्टबाट मल्टीपल डिष्ट्रिक्टमा छनोट भई आएका मध्येमा पनि उनि प्रथम हुन सफल भएकी थिइन्।

यसैगरी डिष्ट्रिक्ट ३२५ एफ नेपालबाट छनोट भई आएका लायन्स क्लब अफ रामेछापको आयोजनामा आयोजित प्रतियोगिताका सिद्धिका शाह र उर्जा ढुङगाना द्वित्तिय र तृत्तिय साथै डिष्ट्रिक्ट ३२५ केबाट छनोट भई आएका लायन्स क्लब अफ काठमांडौंको आयोजनामा आयोजित प्रतियोगिताका संस्कृतलाल श्रेष्ठले चौंथो स्थान प्राप्त गरेका छन् ।

विश्वरभरीका लायन्स क्लबहरुबाट बर्सेनी बालबालिकाहरुलाई चेतना अभिवृद्धि गर्ने उद्देश्यका लागि ‘शान्तिका लागि पिस पोस्टर प्रतियोगिता’ सञ्चालन गर्दै आइरहेको छ ।

नेपालस्थित १५ वटा डिष्ट्रिक्टका दुई हजार बढी क्लब मध्ये अधिकांश क्लबले पनि विभिन्न स्कुलमा लायन्स क्लबबाट पिस पोस्टर प्रतियोगिता सम्पन्न गरेका थिए ।