६३ लाखको अवैध समानसहित ट्रक नियन्त्रणमा

0
Shares

काठमाडौँ।

बारा प्रहरीले अवैध भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमामा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैयाबाट विल भन्दा बढी स्रोत खुलाउन नसकेको  ६१,७२,६०४ रुपैयाँ बराबरको  विभिन्न खुद्रा समानसहित बुधवार ना ८ ख ६९०५ न.को डिब्बा ट्रक नियन्त्रणमा लिएको  हो।

यस्तै प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७ बाट  ना ८ ख ४६८० न.को यात्रुवाहक बसबाट विल नभएको २०,००० बराबरको  प्याज नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी प्रहरीले  ग १ ख ६०७० न.को यात्रुवाहक बसबाट विल नभएको २०,००० बराबरको  प्याज र ना ६ ख ७२२७ न.को बसबाट विल नभएको १६,००० रुपियाँ को   प्याज  नियन्त्रणमा लिएको छ।

यस्तै प्रहरीले बा.प्र.१-००६ ख ५२५६ न.को यात्रुवाहक बसबाट विल नभएको  ४४,००० को प्याज नियन्त्रणमा लिएको  सूचना अधिकारी तथा प्र.ना.उ.दधिराम न्यौपानेले जानकारी दिए।