माइतीघरमा प्रदर्शन गर्ने १५ जना पक्राउ

0
Shares

काठमाडौँ।

माइतीघरमा प्रदर्शन गर्न पुगेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेको मानवअधिकारकर्मी र अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण कृष्ण पहाडी लगायत १५ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ