मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

0
Shares

बारा ।

बाराको निजगढ नगरपालिकामा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एक जना घाइते भएका छन्।

रौतहटबाट निजगढ तर्फ आउँदै गरेको बा ९७ प ९४४ नम्बर र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

मृत्यु हुनेमा बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बागमती ३ का ३१ वर्षीय बुद्धि बहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदिप लामा रहेका छन्।

बलको मोटरसाइकलमा सवार २९ वर्षीय बाबुराम सुनुवार घाइते भएका छन्। दुर्घटनामा घाइते भएका उनको निजगढ सामुदायिक अस्पताल निजगढ ९ मा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।