काठमाडौं ।
नेपालकी गायिका मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो इन्डियन आइडलमा लगातार दोस्रोपटक पर्फमर अफ द विक घोषित भएकी छन्।
इन्डियन आइडलको पछिल्लो एपिसोडमा उनले हिन्दी फिल्म अमर अकबर एन्थोनीमा समावेश मोहम्मद रफीले गाएको सिरिडी वाले साइबाबा बोलको गीत गाएकी थिइन्। पछिल्लो एपिसोडमा सबै प्रतिस्पर्धीले भजन गाएका थिए।
तर मेनुकाले आफैंले हार्मोनियम बजाएर गाएपछि उनलाई निर्णायक तथा दर्शकले स्ट्यान्डिङ अभेसन दिएका थिए भने निर्णायक कुमार सानुले मोहम्मद रफीको गीतलाई मेनुकाले आफ्नो पहिचान बनाएको भन्दै प्रशंसा गरेका थिए।
श्रेया घोषालले मेनुकाको सो प्रस्तुती हिटभन्दा माथिल्लो तहको रहेको भन्दै प्रशंसा गरेकी थिइन्। इन्डियन आइडलको अन्तिम १२ मा प्रतिस्पर्धामा रहेकी मेनुकाले गत हप्ता भारतीय फिल्म सलारमा गीत गाउने अवसर पाएकी थिइन्।
मेनुकाले इन्डियन आइडलमा भाग लिएदेखि नै लोकप्रियता कमाइरहेकी छिन्।











प्रतिक्रिया