प्रज्ञापनपत्र विनाको मोबाइलको डिस्प्ले बरामद

0
Shares

काठमाडौँ।

सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट विलविजक तथा प्रज्ञापनपत्र नभएको विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरु बरामद गरेको छ ।

सोही दिन सुपर काईनेटिक SKC कुरियरले सोमबार सांझ ५ः३५ बजे पुस २ गते यति एयरको उडान नम्वर एनवाइटी ४२४ मा नेपालगन्जबाट काठमाडौं पठाएको १२ वटा कार्टुनमा रहेको १४ सय थान बिभिन्न मोबाइलका डिस्प्लेहरु सशस्त्र प्रहरीको ईन्टेलिजेन्स ब्युरोको टोलीले बिशेष सुचनाको आधारमा बरामद गरिएको हो ।

उक्त सामानहरु जय मां दुर्गा इम्पेक्स काठमाडौको नाममा ६ कार्टुन र न्यौपाने ट्रेडर्सको नाममा ६ कार्टुन गरी १२ कार्टुन रहेको थियो । बरामद सामान आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान बिभागमा बुझाएको प्रहरीले जनाएको छ।