रचिन रवीन्द्र चेन्नईबाट आईपीएल खेल्ने

0
Shares

काठमाडौँ ।

 न्यूजील्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रले इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सबाट खेल्ने भएका छन् ।

 मंगलबार दुबईमा जारी खेलाडी अक्सनमा चेन्नईले रवीन्द्रलाई एक करोड ८० लाख भारुमा किनेको हो । न्यूनतम ५० लाख भारु मूल्य रहेका रवीन्द्रलाई दिल्ली क्यापिटल्स, पन्जाब किंग्सले चासो देखाए पनि अन्ततः चेन्नईले बाजी मारेको थियो ।

 भारतीय मूलका रविन्द्रले हालै सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपमा शानदार प्रदर्शन गरेर सबैलाई प्रभावित पारेका थिए ।

 त्यस्तै जारी खेलाडी अक्सनमा चेन्नईले भारतीय बलर श्रदुल ठाकुरलाई ४ करोडमा किनेको छ । त्यस्तै अफगानिस्तानका अजमातुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख भारुमा किनेको छ ।

 त्यसैगरी सनराइजर्स हैदरावादले श्रीलंकाका वानिन्दु हसरंगालाई १.५ करोड भारुमा किनेको छ भने विश्वकपमा शानदार प्रदर्शन गरेर अस्ट्रेलियालाई विश्वकप जिताएका ट्राभिस हेडलाई सनराइजर्स हैदरावादले ६.८ करोड भारुमा किनेको छ ।

 त्यस्तै इङल्याण्डका विस्फोटक ब्याट्सम्यान ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले ४ करोड भारुमा किनेको छ भने वेस्टइन्डिजका रोभमन पावेललाई ५.४ करोड मा राजस्थान रोयल्सले किनेको छ ।