लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुनै सक्दैन : अध्यक्ष केसी

0
Shares

बुटवल।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताएका छन् । उनले देशमा धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाउँदै यो व्यवस्था जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

मंगलबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले गरेको साक्षरता कार्यक्रममा बोल्दै उनले हिन्दु धर्मको वकालत गरिनु राजतन्त्रको वकालत गरेको ठहर्ने बताउँदै लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुनै नसक्ने बताए।  उनले भने, “हिन्दु राज्यको कुरा राजतन्त्रको वकालत हो । यो सम्भव छैन, दक्षिणी हावा हो, जहाँ त्यो असफल भएको छ । धर्मको नाममा नेपाली जनताको बुद्वि भुट्ने काम भाछ । धर्म मान्न पाइन्छ, त्यो अधिकार छ तर धर्मको नाममा खेल खेल्न पाइन्न ।”
प्रतिनिधि सभा सदस्य समेत रहेका  केसीले भने, “लोकतन्त्र र गणतन्त्रको विरुद्ध  किन आवाज उठ्यो, लोकतन्त्र ल्याउनेले गतिलो काम नगरेका हुन्, यसैबाट समाजवादी व्यवस्था ल्याउन लड्ने हो, जसरी जानुपर्ने थियो नभएको हो तर त्यसको विकल्प राजतन्त्र होइन ।” उनले नेपालमा संघीयता घाँडो भइसकेको बताउँदै देशभरबाट यसको आवाज उठ्नु स्वभाबिक भएको दावि गरे । प्रदेशलाई खारेज गरी स्थानीय तहलाई आवश्यक अधिकार दिएर बलियो बनाउन सके विकास गर्न सकिने उनको भनाई थियो ।

 लोकतान्त्रिक पद्धतिमा सुशासन कायम हुनुपर्नेमा कुशासनको दिशामा जानाले जतामा वितृष्णा छाएको बताए।
नेता केसीले गठबन्धन सत्तामा जानका लागि मात्र गर्न नहुने बताउँदै ५ दलीय गठबन्धनले ७२ को संविधान जोगिएको दाबी गरे । उनले गठबन्धनमा भएको सम्झौतालाई अक्षरशः पालना गरेर अगाडि बढ्न समेत दलहरुलाई सुझाव दिए ।

कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।