श्रीमतीलाई हम्मरले हानेर बेहोस बनाएपछि  श्रीमानले गरे आत्महत्या

घाइतेको उपचारमा आर्थिक अभाव

28
Shares

धादिङ। 

आफ्नै श्रीमतीको टाउकोमा ह्याम्मरले हानेर बेहोस बनाएका एक जनाले आफैँले आत्महत्या गरेका छन् ।

नीलकण्ठ नगरपालिका–९ चिप्लेटीका ५५ वर्षीया उजेली नेपालीलाई उनका पति ५५ वर्षीय सोमबहादुर नेपालीले घरायसी विवादका कारण ह्याम्मरले हानेर रगताम्मे हुनेगरि बेहोस पारेका थिए ।

 टाउकामा लागेको चोटबाट बेहोस भएकी उजेलीको धादिङ अस्पतालमा उपचार नभएपछि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

श्रीमतीलाई मार्ने उद्देश्यले ह्याम्मरले हानेका सोमबहादुरले प्रहरीले पक्राउ गर्ने भएपछि  घर नजिकै रुपखमा डोरीको पासो लगाइ आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभय लामाले जानकारी दिए ।

मानसिक समस्या भोगिरहेका सोमबहादुरले अघिल्लो दिन नै बाँस काटेर घरमा राखेका रहेछन् ।

घटनापछि छोराहरु काजकिरिया गर्न थालेका छन् भने घाइते आमाको उपचारमा भान्जीले सघाइरहेको बताइएको छ ।

अत्यन्त गरिब परिवारको नेपाली परिवारलाई आमाको उपचारमा  आर्थिक  अभाव भएको र समस्या झेलिरहेको घटनामा उद्धारकोसमेत काम गरेका  श्याम मगरातीले बताए ।

सामान्य रुपमा औषधी उपचारमा खर्च नलागे पनि बाहिर किन्नु पर्ने औषधी, बिरामी कुरुवा आदीमा हुने खर्च गर्न नै कठिन अवस्थामा पुगेका मगरातीको भनाइ छ ।