यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

0
Shares

रामेछाप ।

 रामेछाप प्रहरीले यौन दुर्व्यवहारको आरोप एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेका लिखुतामाकोसी गाउँपालिका ७ नवदर्शन मावि तिल्पुङ्गमा कार्यरत मानबहादुर सार्की रहेका छन् ।

उनले सोही विद्यालयमा अध्ययन गर्ने एक छात्रालाई योन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको रामेछाप प्रहरी एक प्रेस नोट जारी गदैँ जानकारी गराएको छ । सार्कीले सोही विद्यालयको कक्षा ९ मा अध्ययन गर्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको जारी  प्रेस नोटमा उल्लेख छ । उनलाई प्रहरीले सोमबार दिउँसो  पक्राउ गरेको हो ।

उक्त विद्यालयमा अध्ययनरत पीडित बालीकाले यौन दुर्व्यवहार गरेको भन्दै आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी उजुरी दिएको आधारमा उनलाई पक्राउ गरेको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक होम बहादुर पराजुलिले जानकारी दिएका छन् ।

उक्त जाहेरीमा उनले मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा परीक्षाका लागि तयार पारेको प्रश्न पत्र दिने भन्दै बालीकालाई बोलाएर अङ्कमाल गर्ने संवेदनशील अङ्ग चलाउने जस्ता गतिविधि गरेकी बताएकी छिन् । छात्राले जाहेरीमा सो कुरा उल्लेख गरेकोले पक्राउ परेका शिक्षकलाई बाल यौन दुर्व्यवहारको कसुरमा कारबाही  प्रक्रिया अघि बढाइने पनि प्रमुख पराजुलीले बताए ।