मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

14
Shares

काठमाडौं ।

मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौंको टोखाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नुवाकोटको दुप्चेश्‍वर गाउँपालिका ७ घर भई हाल काठमाडौं बस्दै आएका २८ वर्षीय मान बहादुर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

बागमती प्रदेश ०२–०३६ प ५१९२ नम्बरको मोटरसाइकल काठमाडौंको भिमसेनस्थानबाट हराएको भनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन प्राप्त भएको थियो।

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३८ प ६७१६ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट खटिएको टोलीले मोटरसाइकलसहित फेला पारी चोरीमा संलग्न तामाङलाई टोखाबाट सोमबार नियन्त्रणमा लिएको हो। नियन्त्रणमा आएका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जनसेवा पठाइएको छ।