“ललितपुर महानगर गौरव पुरस्कार” पत्रकार ईश्वर महर्जनलाई

0
Shares

 ललितपुर । 

नेपाल टेलिभिजनमा कार्यरत पत्रकार ईश्वर महर्जनले “ललितपुर महानगर गौरव पुरस्कार” प्राप्त गरेका छन् । ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसको अवसरमा महर्जनलाई १ लाख पुरस्कार राशिको पुरस्कार प्रदान गरिएको हो।

महानगर परिसरमा आज आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले महर्जन सहित विभिन्न विधाका ब्यक्तिहरुलाई पुरस्कार र सम्मान प्रदान गरिएको हो । महर्जनलाई महानगरपालिकाले गरेका असल अभ्यासलगायत विभिन्न गतिविधिलाई प्रसारण र सूचना सम्प्रेषण गरिएकोमा पुरस्कृत गरिएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले फोहोरको दीर्घकालीन समाधानका लागि पहल गरिरहेको बताए । दाहालले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि पहल भइरहेको जानकारी दिदैं तिनै तहको सरकारको समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वाला, प्रतिनिधिसभा सदस्य, प्रेम बहादुर महर्जन, बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामकृष्ण चित्रकार, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, ललितपुरका नगरप्रमुख चिरीबाबु महर्जन तथा उपप्रमुख मञ्जली शाक्यले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश सदस्यहरु रामेश्वर श्रेष्ठ, रघुनाथ महर्जन, प्रेमभक्त महर्जन, विभिन्न नगरपालिका प्रमुखहरुसहित नगरपालिका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।