सालकको खपटासहित ३ जना पक्राउ

0
Shares

काठमाडौँ।

प्रहरीले काठमाडौंको पेप्सीकोलबाट सालकको खपटासहित तीन जनालाई पक्राउ गरेको छ । सालकको खपडा बेचबिखन गर्न लागेको सुराक पाएपछि उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिए।

पक्राउ पर्नेमा दोलखा घर भएका २० वर्षीय अमृत लामा, २५ वर्षीय विशाल बस्नेत र २७ वर्षका सुकविर तामाङ छन् । प्रहरीले उनीहरुको साथबाट ४४ इन्च लम्बाई र २९ इन्च चौंडाई भएको खपडा बरामद गरेको छ ।

आरोपीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसारमा पठाइएको प्रहरीले जनाएको छ।