ट्याक्टर दुर्घटनामा एक महिलासहित चार जनाको मृत्यु 

0
Shares

बाजुरा। 

 सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिका तर्फ जाँदै गरेको ट्याक्टर आइतबार बेलुकी  बडिमालिका नगरपालिकाको मेलकाँधमा दुर्घटनामा परी  एक महिला सहित चार जनाको मृत्यु भएको छ।

  जिल्ला प्रहरी कार्यालय बाजुराका  प्रमुख  एबं  प्रहरी नायब उपरीक्षक  कबिसिं बोहराका अनुसार  मृत्यु हुनेमा   गौमुल गाउँपालिका वडा न. छ का गाडी चालक  हिक्मत रोकाया,  बडिमालिका २ का वर्ष ३८ का देवराज जैशी ,सोही वडाकी  किन्ती रोकया र बडिमालिका नगरपालिका वडा नं एक पाटाका  वर्ष ३६का चन्द्र दानी लगायत चार जनको घटना स्थलमै मृत्यु भएको हो ।

  बडिमालिका नगरपालिकाको वडा नं ९ खरिगाड भन्ने ठाउँमा सु प्र. प्र ४१०५ नं को ट्याक्टर र लु .४ त ७३०५ नं.को  ट्याक्टर एक आपसमा ठोकिएका हुन् ।  ४१०५ न ंको ट्याक्टर  खोला तर्फ र ७३०५ नंप्लेटको गाडी भित्तामा ठोकिदा  दुर्घटनामा परेको प्रनाउ बोहराले  जानकारी दिएका छन् ।

    मृतकको उद्धारको लागि जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरीवलको  उद्धार टोली घटनास्थलमा पुगेको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।