खिजी देम्बाका विद्यार्थीलाई जाडोमा तातो ज्याकेट 

14
Shares

 ओखलढुगा ।

खिजी देम्बा गाँउपालीका भरिका कक्षा ३ देखि  कक्षा १२ सम्मका बिद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको छ । सामाजिक संस्था सोवरस् एक्सनको आर्थिक सहयोगमा खिजी देम्बा गाँउपालीकाका २ हजार बिद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण गरिएको हो ।

बिगत २ वर्ष देखि हिमाली भेगका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै आएको सोवरस् एक्सनले खिजी देम्बा गाँउपालीका अध्यक्ष गम्बु शेर्पाको अनुरोधमा खिजी देम्बा गाँउपालीका भरिका बिद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको सोवरस् एक्सनका अध्यक्ष आचार्य पासाङ वाङदी शेर्पाले बताएका छन् ।

सोवरस् एक्सनका अध्यक्ष शेर्पाले खिजी देम्बामा करिव २ हजार थान ज्याकेट वितरण गरिएको बताएका छन् ।  गत वर्ष बाजुरा, सिन्दुपाल्चोक लगाएतका जिल्लाहरुका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई ज्याकेट वितरण गर्दै आएकोमा यो साल खिजी देम्बाका ३ देखी १२ कक्षाका बिद्यार्थीहरुलाई वितरण गरिएको संस्थाका अध्यक्षले बताएका छन् । सबै बिद्यार्थीहरुलाई ज्याकेट वितरण गर्ने संस्थाको उद्देश्य रहेको भएता पनि बाल कक्षा देखी ३ कक्षा सम्मका बिद्यार्थीहरुलाई प्राबिधिक कारणले कारणले ज्याकेट वितरण गर्न नसकिएको संस्थाका अध्यक्षले बताएका छन् ।
बाल कक्षा देखि ३ कक्षा सम्मका वालवालीकाहरुलाई सुन्य साईजको ज्याकेट लाग्ने र सुन्य साईजको ज्याकेट सिलाईको लागी बिद्यार्थी संख्या नपुगेकाले साना वालवालीकाहरु लाई ज्याकेट वितरण गर्न नसकिएको संस्थाका पदधिकारीले बताएका छन् ।

खिजी देम्बा गाँउपालीकामा अधिकांस बिद्यालयहरु चिसो ठाउँमा रहेको र जाडो याममा निक्कै जाडो हुने भएकोले संस्थाका अध्यक्षलाई आफूले भेटेरै बिद्यार्थीहरुलाई ज्याकेट बितरणका लागी अनुरोध गरेको पालीका अध्यक्ष शेर्पाले बताएका छन् । बाल्यकालमा आफूले पनि खिजी देम्बाकै बिद्यालयमा अध्यन गरेको र जाडोमा चिसो भएर शिक्षकले पढाएको बिषय बस्तु नै बुझ्नै कठिन हुने गरेको आफ्नो अनुभव सुनाउदै पालीका अध्यक्ष शेर्पाले खिजी देम्बाका बिद्यार्थीहरुलाई जाडो याममा पठनपाठनका लागी सहजता होस भनेर संस्थाका अध्यक्षलाई  अनुरोध गरेको बताएका छन् ।

पालिका अध्यक्ष शेर्पाले अगामी वर्ष देखि  खिजी देम्बाका बाल कक्षा देखी १० कक्षा सम्मका सम्पुर्ण बिद्यार्थी हरुलाई दिवा खाजाको समेत ब्यवस्थ गर्ने आफ्नो योजना रहेको समेत बताए ।