रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

0
Shares

धनगढी।

तीन महिनाअघि रुसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ। कैलालीको टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको हो।

भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई ‌औपचारिक रुपमा जानकारी गराईसकेको छैन। तर,उनको परिवारले उनीसँगै कार्यरत सहकर्मीबाट शुक्रबार मृत्युको खबर पाएको बताएका छन्।

मृतक शाहका श्रीमती,एक छोरा र तीन महिनाको छोरी छन् ।