खोटाङ संयोजकसहित चार पहिचानवादी आन्दोलनकारी पक्राउ

0
Shares

खोटाङ।

 खोटाङमा यातायात बन्द गराउने आठ पहिचान पक्षधर आन्दोलनकारी आज आइतबार बिहान पक्राउ परेका छन् । दिक्तेलबजारको किरात चौकमा यातायात बन्द गराइरहेको बेला एक नम्बर प्रदेश पुनः नामाङ्कन सङ्घर्ष समिति खोटाङका संयोजक तथा नेकपा माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सचिव युगसन किरात,लगायत पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा एक नम्बर प्रदेश पुनः नामाङ्कन युवा सङ्घर्ष समिति खोटाङका संयोजक निर्मल राई, सङ्घर्ष समितिका जिल्ला सदस्य तथा जनता समाजवादी पार्टीका जिल्ला सचिव सुनिल राई, सङ्घर्ष समितिका जिल्ला सदस्य तथा नेकपा एकीकृत समाजवादीकी जिल्ला नेतृ सङ्गीता राई, सङ्घर्ष समितिका जिल्ला सदस्य सोनामहाङ राई, छन् । यस्तै, सङ्घर्ष समितिका जिल्ला सदस्यहरु मेलिना राई, उपार्जन राई, र लक्ष्मी राई पक्राउ परेको जनाइएको छ ।

 एमाले अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा अवरोध गरेकोमा पक्राउ परेका पूर्व संस्कृति मन्त्री गोपाल किराती लगायत अन्य पाँच जनालाई बिना सर्त रिहाइको माग गर्दै मङ्सिर ३० गतेदेखि मध्यपहामडी लोकमार्ग लगायतमा सडक अवरुद्ध गरेका छन् । पुस १ गते पनि बिहानैदेखि यातायात ठप्प पारिएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल, हुर्लुङ, नुनथला, हलेसी लगायतका क्षेत्रमा बन्दकर्ताको समूह जम्मा भई यातायात बन्द गराएका हुन् ।

 प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले भने अबरोधकर्ताहरुलाई नियन्त्रणमा लिएर यातायात सुचारु गरिएको जनाए ।