ऐश्वर्याले छोडिन् अभिषेकको घर !

0
Shares

एजेन्सी ।

बलिउड अभिनेता अभिनेत्री दम्पती अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनबीचको सम्बन्धलाई लिएर केही समययता बलिउड तातिएको छ। बलिडका केही सञ्चार माध्यमको समाचारलाई पत्याउने हो भने यो दम्पतीबीचको दाम्पत्य जीवन नराम्रोसँग चिसिएको छ।

यसैबचि भारतीय पत्रिकाको अनलाइन संस्करणले जनाएअनुसार अभिनेत्री ऐश्वर्या राय बच्चनले हाले अभिषेकको घर छोडेकी छिन्। केही समयदेखि अभिषेक र ऐश्वर्याबीचको सम्बन्धमा तनाव उत्पन्न भइरहेको खबर लगातार आइरहेको र उनीहबीच ठीक नभइरहेको चर्चा गर्दै समाचारमा जया बच्चन र ऐश्वर्या (सासु–बुहारी)बीचको सम्बन्ध पनि ठीक नभएको उल्लेख गरिएको छ।

यसै बेला भारतीय सञ्चार माध्यममा छाएको समाचारलाई पत्याउने हो भने ऐश्वर्याले अभिषेकको बंगला जलसा छोडिदिएकी छन्। परिवारस“ग जोडिएका मानिसको हवाला दि“दै समाचारमा चर्चा गरिएअनुसार अभिषेक र ऐश्वर्या हालसम्म छोरी आराध्याका कारण साँथै थिए।

नत्र भने धेरै अघिदेखि नै यो दम्पतीबीचको सम्बन्धमा चिसोपन आइसकेको थियो। समाचारमा उल्लेख गरिएअनुसार अब उनीहरूबीचको मामला हातबाट फुत्सिकेको छ र यी दुईले कुनै पनि समयमा सम्बन्ध विच्छेदजस्तो ठूलो निर्णय लिन सक्नेछन्।

जुमको रिपोर्टअनुसार अभिषेक र ऐश्वर्याबीचको दूरी धेरै नै बढिसकेको छ। ऐश्वर्या आजका दिनमा उनको आमाको घरम रह“दै आएको समेत समाचारमा जनाइएको छ। तर, आफूहरूबीचको सम्बन्धबारे दुवैले हालसम्म मुख खोलेका छैनन्।

यसैबीच, बलिउडका बिग बी अमिताभ बच्चनले ऐश्वर्या रायलाई इन्स्टाग्राममा अनफलो गरेका छन्। अमिताभले इन्स्टाग्राममा कुल ७४ जनालाई मात्र फलो गरेका छन्। जसमा सलमान खान, अभिषेक बच्चन, कैटरिना कैफ, दीपिका पादुकोण, आलिया भट्ट, विराट कोहली, श्वेता बच्चन नन्दा, नव्या नवेली नन्दालगायत छन्।