महामन्त्री थापा र मेरो मत फरक छैन : शेखर कोइराला

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टी महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गरेका छन् ।बुधबार काठमाडौंमा आयोजित संस्थापन इतरपक्षमा भेलापछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

काम गर्ने शैली, सोचाई र उमेर फरक भएकाले फरक परेपनि पार्टीको एजेण्डामा महामन्त्री थापासँग आफ्नो कुनै फरक मत नरहेको नेता कोईरालाको भनाई थियो ।

नेता कोईरालाले पार्टी संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि मापदण्ड नै बनाएर उम्मेदवार चयन गर्नुपर्ने प्रस्ताव राखे ।

‘बेसीकल्ली राष्ट्रियसभा निर्वाचनका लागि एउटा क्राईटएरिया बनाऊँ । जे बन्छ, संसदीय बोर्डले बनाउँ । त्यो मापदण्डलाई अगाडि सारेर जाने भन्नेछ । हाम्रो समूहको एजेण्डामा महामन्त्रीजी र मेरोमा एक इन्च पनि फरक छैन । के हुन्छ भने उहाँको उमेर, मेरो उमेर फरक छ । काम गर्ने शैली पनि फरक छ । सोचाई पनि फरक छ । त्यो स्वभाविक छ । अन्यमा एजेण्डामा हाम्रो कुनै फरक मत छैन’ कोइरालाले भने । नेता कोईरालाले पार्टीमा सुधार ल्याउनका लागि आफूहरुले निरन्तर छलफललाई अघि बढाउने धारणा पनि राखे ।