औषधी व्यवस्था विभागको विदेशी कम्पनीहरुसँग साठगाँठ भएको आशङ्का

0
Shares

काठमाडौँ। 

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधी व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ ।
औषधी मूल्याङ्कन समितिबाट प्राप्त रायअनुसार ती औषधीलाई उत्पादनमा रोक लगाइएको विधागका महानिर्देशक नारायण ढकालले जानकारी दिए ।

लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको औषधी व्यवस्था विभागबाट जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

यस्तै लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको उल्लेख गरिएको छ । यी औषधीहरु नेपाली कम्पनीबाट उत्पादित औषधीहरु हुन् ।

औषधी सल्लाहाकार समितिको बैठकबाट यसबारे थप निर्णय हुने महानिर्देशक ढकालले जानकारी दिए ।

यी सबै औषधी उत्पादनका लागि औषधी व्यवस्था विभागले अनुमति दिइएको थियो, तर प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाइएको जनाएको छ । औषधी सल्लाहाकार समितिको बैठकमा यसबारे थप निर्णय हुने र समितिको बैठकमा यो पनि एउटा अजेन्डा बन्छ ढकालले भने।

साथै औषधी सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्री वितरण भइरहेको ब्राण्ड समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ  । यी औषधीहरु कुन रोगको लागि प्रयोग गरिदै आएको छ र के समस्या देखिएको भन्नेबारेमा विभागले प्रस्ट्याउन्न चाहेन ।

 एक चिकित्सकका अनुसार धेरैजसो रोक लगाइएका औषधी मुटु, मधुमेह र दुखाई कम गर्ने औषधी  रहेका छन् । यस्ता औषधीको समस्या नखुलाई रोक लगाउनुको पछाडि विदेशी औषधी कम्पनीहरुले औषधी  व्यवस्था विभागसँग आन्तरिक तालमेल गरेको त हैन भन्ने आशङ्का नेपाली चिकित्सकहरुले गरेका छन्  ।