बारामा प्रहरीको गोली लगेर एक जनाको मृत्यु

0
Shares

बारा। 

बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमाथि जाइलागेका आन्दोलनकारीले उनी सवार गाडीमा ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन सुरुमा अश्रु ग्यास प्रहार गरेको थियो । स्थिति अझै तनावग्रस्त बनेपछि प्रहरीले हवाई फायर गर्दा एक जना गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइतेलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतको परिचय भने खुल्न बाँकी छ।

नगर प्रमुख किशोरी साहको गाडीमा चढेर आएका मिश्रलाई हाजिर गराउन खोज्दा कर्मचारी आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकारीहरूले गाडी जलाउने तथा नगरपालिकाको कार्यालयमा समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो। आन्दोलनकारीको आक्रमणबाट १० जना प्रहरीसमेत घाइते भएका छन् ।