गाईघाटमा आगलागी : २ करोड ७० लाखको क्षति

0
Shares

उदयपुर। 

उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित गाईघाट बजारमा रहेको एक मोटर साइकल ग्यारेजमा आइतबार साँझ साढे सात बजे आगलागी भएकोमा १० वटा पसलमा क्षति भएको छ ।

आइतबार दिनभरी नै चिसोको मौसम रहेकोले जाडो भएकोले सबैले साँझ छ बजेपछि पसल बनद गरेर घर गएको समयमा विद्युत् सर्ट भएर राजु ठाकुरको राज मोटरसाइकल ग्यारेजबाट आगो सल्केको बताइएको छ ।

बजारबाट त्रियुगा बसपार्क जानेबाटोमा रहेको राजकुमार ठाकुरद्वारा सञ्चालित राज मोटर साइकल मर्मत केन्द्र र महालक्ष्मी मोटर साइकल ग्यारेजमा साँझ साढे सात बजे सो आगलागिबाट पसलमा रहेका सम्पूर्ण सामान, मर्मतका लागि राखेको मोटरसाइकल तथा बिक्रीकालागि राखिएको अन्य पार्टपुर्जा र सामानसमेत जलेर नष्ट भएको छ ।

सो आगलागिबाट वरपरका अन्य पाँच वटा पसल समेत जलेर नष्ट भएको छ भने जेसिबिले पसलको कोठा भत्काएर त्रियुगा नपाको र चौदण्डीगढी नगरपालिकाको दमकलले आगो निभाएको थियो ।

सो आगलागिबाट सबै पसलको गरेर करिब २ करोड ७० लाखकाको क्षति भएको अनुमान गरिएको नगर प्रहरी गाईघाटले जनाएको  छ ।  सबैभन्दा बढी मोटर साइकल ग्यारेजको करिब १ करोड ७० लाख बढीको क्षति भएको अनुमान गरिएको छ भने पसल कबल रहेको घरको १ करोड क्षति भएको नगर प्रहरीले जनाएको छ ।

राज अटो सेन्टरबाट विद्युत् सर्ट भै सो आगलागी भएको र जम्मा १० वटामा पसलमा क्षति भएकोमा  पाँच वटा पसल पूर्ण र ५वटामा आंसिक क्षति भएको गाईघाट स्थित नगर प्रहरी कार्यालयले जनाएको छ ।

सो आगलागिबाट राजकुमार ठाकुरको मोटर साइकल ग्यारेज राज अटो सेन्टर र महालक्ष्मी मोटरसाइकल रिपेयरिङ सेन्टर, भगत झाको पंडित पान तथा जेनरल स्टोर्स, कमलेस साहको किरन होटल, सोमन विश्वकर्माको चाँदनी साइकल मर्मत सेन्टर, बद्रीनाथ लुइटेलको इजिकुल इन्जिनियरिङ सेन्टरमा पूर्ण क्षति भएको छ ।