अख्तियारको प्रवक्तामा घिमिरे

0
Shares

काठमाडौँ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नरहरि घिमिरेलाई दिइएको छ । आयोगका प्रवक्ता भोला दाहालको केही दिन अघि गृह मन्त्रालयमा सरुवा भएपछि अख्तियार प्रवक्ता विहीन हुँदै आएको थियो । अख्तियारले आयोगमा कार्यरत सहसचिव घिमिरेलाई सोमबारदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी दिएको हो ।

आयोगले प्रेस विज्ञप्ति मार्फत नयाँ प्रवक्ताको बारेमा जानकारी दिँदै प्रवक्तासँग सम्पर्क गर्नका लागि टेलिफोन ०१–५२६२२३ र मोबाइल नम्बर ९८५१२३३२८१ को व्यवस्था गरिएको स्पष्ट पारेको छ ।