इस्लिङटन कलेजले सुरु गर्‍यो पहिलो शैक्षिक साइबरसुरक्षा अनुसन्धान केन्द्र  

0
Shares

काठमाडौँ।

उच्चशिक्षाको अग्रणीसंस्था इस्लिङटन कलेजले नेपालको पहिलो शैक्षिक साइबरसुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन गरेको घोषणा गर्न पाउँदागर्व लागेको छ । लन्डन मेट्रोपोलिटन युनिभर्सिटीका प्रतिनिधिहरूसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रमले नेपालको साइबर सुरक्षा शिक्षा र अनुसन्धानलाई अगाडि बढाउन इस्लिङटनको समर्पणलाई बलियो बनाएको छ ।

अनुसन्धानहबको मुख्य लक्ष्य साइबर सुरक्षा खतराहरूमा अनुसन्धानलाई प्रोत्साहित गर्ने, शैक्षिक कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरूद्वारा गरिएको अनुसन्धानको आधारमा साइबर सुरक्षा डोमेनभित्र उदीयमान प्रविधिहरू अन्वेषण गर्ने र अन्तमा विशेष क्षेत्रहरुमा प्रशिक्षण र अनुसन्धानमा ध्यान केन्द्रित गरी साइबर घटनाहरूको अनुसन्धान गर्न डिजिटल फोरेन्सिक अभ्यास गर्ने हो ।  यी लक्ष्यहरू प्राप्तगर्न अनुसन्धान केन्द्रमा डिजिटल फोरेन्सिक प्रयोगशाला, सुरक्षा अपरेशन केन्द्र (एसओसी ), र अनुसन्धान केन्द्र रहेका छन् ।

साइबर सुरक्षा अनुसन्धान केन्द्र इस्लिङटन कलेजको एउटा पहल हो जसले साइबरसुरक्षाको क्षेत्रमा बढ्दो चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राख्द्छ जनाइएको छ । शिक्षा, अनुसन्धान र व्यावहारिक प्रयोगमा केन्द्रित भएर यस केन्द्रले नेपालमा साइबर सुरक्षाको भविष्यलाई दिशादिन महत्वपूर्ण भूमिका खेल्न लक्ष्य रहेको कलेजले जनाएको छ  ।

नेपालको पहिलो शैक्षिक साइबर सेक्युरिटी रिसर्च सेन्टरको स्थापना इस्लिङटन कलेजका लागि मात्र नभई नेपालककै लागि महत्वपूर्ण कोसेढुङ्गा भएको कलेजको दाबी छ । अनुसन्धान केन्द्रले नेपालकोे महत्वपूर्ण पूर्वाधारलाई साइबर आक्रमणबाट जोगाउन आवश्यक पर्ने दक्ष साइबर सुरक्षा अधिकारीहरु नेपालमै छन् भनी सुनिश्चित गर्न मद्दत गर्दछ ।

लन्डन मेट्रोपोलिटन युनिभर्सिटीका प्रो–भाइस चान्सलर, नोना म्याकडुफले शोभा बढाएका थिए । उनले साइबर सुरक्षाशिक्षाको क्षेत्रमा इस्लिङटन कलेजको अन्तर्राष्ट्रिय सहकार्य र मान्यताको विषयमा चर्चा गरे । केन्द्रको उद्घाटन कार्यक्रममा मन्त्री शर्माले नेपालमा साइबर सुरक्षाको चुनौति बढिरहेको अवस्थामा कलेजले गरेको यो महत्वपुर्ण भुमिका भएको बताइन्  ।

साइबर सुरक्षा क्षेत्रमा सक्रिय रूपमा काम गर्ने इस्लिङ्टन कलेजमा डिजिटल फोरेन्सिक्स वरिष्ठ लेक्चर र मोनिल अधिकारीले साइबर सुरक्षाको बारेमा जानकारी गराएका थिए । डाटाको गोपनीयता र साइबर सुरक्षा जागरूकतामा विज्ञता रहेको अधिकारीले साइबर सुरक्षा अनुसन्धान केन्द्रको भिजनलार्ई आकार दिनमहत्त्वपूर्ण भूमिका खेलेको कार्यक्रममा जानकारी दिइयो ।

इस्लिङ्गटन कलेजले नेपालमा साइबर सुरक्षाशिक्षा र अनुसन्धानलाई अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम चाल्न पाउँदा गर्व गर्दछ ।साइबर सेक्युरिटी रिसर्च हबले एकेडेमिक रिसर्च सेन्टरको रूपमामात्रकामनगरिकन एकेडेमिया र उद्योग बीचको खाडल पुरा गर्दै, सहकार्य र ज्ञान आदानप्रदानमा वृद्धि गर्ने विश्वास  केन्द्रले लिएको छ ।