एमालेले देश बिग्रन दिँदैन : केपी ओली

0
Shares

काठमाडौँ। 

नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले एमालेले देश बिग्रन नदिने बताएका छन्।

पार्टीको झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राको क्रममा आइतबार  काभ्रेको मण्डनदेउपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमाले सरकारबाट बाहिरिँदा समृद्धिको यात्रा ओरालो लागेको समेत बताए । उनले गठबन्धनले देशलाई बर्बादीतर्फ लगेको समेत आरोप लगाएका छन् ।

नेकपा एमालेले ३ वर्ष सरकारमा रहँदा गरेको काम गठबन्धनले ३० वर्षमा पनि गर्न नसक्ने ओलीको  दाबी छ ।

 नेकपा एमालेले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाएर हिँडेको भन्दै उनले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।