आफैँले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु

0
Shares

पाल्पा।

पाल्पामा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–४, मित्याल गाँङ्सिङ्डाँडा बस्ने ४८ वर्षीय डम्बर बहादुर सारु रहेका छन् ।

घर नजिकैको बारीमा फाँपर खान आएको जङ्गली जनावर दुम्सीलाई मार्न जाने क्रममा लड्दा अचानक भरुवा बन्दुक पपड्किएर सारुलाई बन्दुकको छर्राले लागेको थियो ।

सो घटनाबाट गम्भीर घाइते भएका सारुको रामपुरस्थित रामपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।