म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने व्यक्ति पक्राउ

0
Shares

काठमाडौँ।

थाईल्याण्ड लाने भनि झुक्याई म्यानमारको म्यावडी स्थित चिनीयाँ कम्पनीमा पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा शुक्रबार काठमाडौँबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ का.म.न.पा. वडा नं ०३ बाँसवारी बस्ने ३६ वर्षीय बुद्द लामा रहेका छन्।

उनले थाइल्याण्डस्थित चिनियाँ कम्पनीमा मासिक १ लाख ३० हजार कमाइ हुने भन्दै प्रलोभनमा पारी पिडितबाट १ लाख ५० हजार रुपैयाँ लिएको र थाइल्याण्डमा अंग्रेजी अनुवादकको काम भनेर म्यान्माको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्‍याएर बन्धक बनाई दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङका लगाएको अनुसन्धानबाट खुलेको छ।

एजेन्टले पीडितलाई फेसबुक, वाट्सएप, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत अमेरिकी र युरोपेली नागरिकलाई कसरी ट्रयापमा पारी अनलाइनमार्फत ‘बिट क्वाइन’मा लगानी गर्न आकर्षित गर्ने भन्ने विषयमा सात दिनको तालिमसमेत दिएको पाइएको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ।

कम्पनीले तोकेअनुसारको लक्ष्य भेटाउन नसके कुटपिट गर्ने, करेन्ट लगाउने जस्ता शारीरिक तथा मानसिक यातना दिने गरेको खुल्न आएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।