एक सय एघारौँ पटक रक्तदान गर्ने सम्मानित 

0
Shares

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका ११ की महिला अधिकार कर्मी तथा सामाजिक अभियन्त माया भण्डारीले आज १ सय ११ औं  पटक रक्तदान गरेर रेकर्ड कायम गरेकी छन्। रेडक्रस उदयपुरले उनलाई रेडक्रसको टोपी लगाई दिएर सम्मानसमेत गरेको छ ।

१६ दिने लैङ्गिकहिंसा विरुद्धको अभियानको अवसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा माया भण्डारीले १ सय ११ औं पटक रक्तदान गरेकी हुन् ।

 

त्रियुगा नगरबासीहरुलाई सहजै रक्तउपलब्ध गराउने हाम्रो अभियान भन्ने मूल नाराका साथ त्रियुगा नगरपालिकाको सहयोगमा उदयपुरजेसिजको तथा गैरसरकारी संस्थाको समन्वय र नेपाल रेडक्रस सोसाइटी त्रियुगा नगर शाखाको आयोजनामा भएको सो रक्तदान कार्यक्रमको त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत र उपमेयर महेश्वरी राईले संयुक्त रुपमा प्रारम्भ गरेका थिए।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति मदनराज कटुवाल, रेडक्रसका त्रियुगा नगर शाखाका सभापति अमृत हमाल तथा अन्य रेडक्रसकर्मीहरुको र स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधिहरुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत रक्तदान कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।

सो रक्तदान कार्यक्रममा तीसजना सम्मको रक्तदान गराउने योजना रहेकोमा २५जनाले रक्तदान गरेको जानकारी दिंदै रेडक्रस त्रियुगा नगरका कोषाध्यक्ष ईश्वरमान राईले अस्पतालमा रगतको अभावले बिरामीको उपचार नरोकियोस् र सहज सरल रुपले रगत उपलब्ध गराउने हाम्रो प्रतिबद्धता रहेकोले १६ दिने लैङ्गिहिंसा विरुद्धको अवसरमा यो रक्तदान आयोजना गरिएको बताए ।