नागरिक उड्डयन प्राधिकरणको संचालक समिति सदस्यमा पहाडी नियुक्त

0
Shares

काठमाडौं ।

नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणको संचालक समितिको सदस्यमा निगमका पूर्व इन्जिनियर अच्युतराज पहाडीलाई नियुक्त गरेको छ । नेपाल वायु सेवा निगममा झण्डै तीन दशकसम्म काम गरेर नेपाल वायु सेवा निगमको इन्जिनियरिङ विभागको निर्देशक समेत रहनु भएका पहाडीको नियुक्तिले नेपालको हवाई उड्डयन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने बताइएको छ ।

निगममा एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियरको रुपमा ३७ बर्ष काम गरेको अनुभव समेत रहेको छ । पहाडीलाई यस अघि पनि सरकारले बिज्ञ सदस्यको रुपमा नेपाल बायु सेवा निगमको संचालक समितिको सदस्यमा नियुक्त गरेको थियो ।

सरकारले दक्षता र कार्यक्षमताको आधारमा उहांलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको सदस्यको रुपमा नियुक्त गरेको हो । उहांको नियुक्तिले नेपाल बायु सेवा निगमको उन्नती तथा प्रगती र नेपाल नागरिक उड्डयन प्राधिकरणको उन्नतीमा समेत मद्धत पुग्ने विश्वास गरिएको छ ।

युरोपियन युनियनले नेपालको हवाई आकाशलाई कालो सुचीमा राखेकाले त्यसलाई हटाउन समेत उहांको नियुक्तिले मद्धत गर्ने बताइएको छ ।
उहांको स्वभाव र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको स्वभाव एक आपसमा मेल खाने भएकाले काम गर्न सजिलो हुने बताइएको छ ।