काठमाडौँ।
संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले प्रतिवेदनमा आफ्नो नाम नराखेको भन्दै अधिकृतमाथि हातपात गरेका छन्।
उपसचिव गैरेले अधिकृत सिर्जना तण्डुकारमाथि मंगलबार बिहान झापड हानेका हुन्।
श्रोतका अनुसार मंगलबार बिहान करिब पौने ११ बजेतिर रामप्रसाद सम्पूर्ण विवरण शाखाभित्र छिरेर मैले गरेको काम बिगार्ने तैं होइनस् भनेर अधिकृत तण्डुकारमाथि एक झापड हानेर निस्केका थिए।
घटनापछि अधिकृत तण्डुकारको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा तण्डुकारमाथि हातपात भएको देखिएको मेडिकल रिपोर्टमा उल्लेख छ।
आफूमाथि हातपात भएको भन्दै अधिकृत तण्डुकारले उपसभामुख इन्दिरा रानालाई जानकारी गराइसकेकी छन्।











प्रतिक्रिया