काठमाडौँ।
“२०औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस” नेपालको केन्द्र, प्रदेश लगायत ७७ रै जिल्लामा “स्वास्थ्य क्षेत्रमा दिगो बिकासः महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास” भन्ने मूल नाराका साथ मनाइयो ।
नेपालमा २०४५दसालमा २७ जिल्लाबाट शरु भएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका अहिले देश व्यापी रूपमा ५१ हजार ४ सय २३ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँको टेकुमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंहले महिला स्वास्थ्य स्वयंसेवीकाको भूमिका निरन्तर रूपमा रहेको र यो अत्यन्तै महत्त्वपूर्ण रहेको बताए । उनले स्वास्थ्य सेवालाई घरघरमा पुर्याउँन र अझ फराकिलो बनाउनु आवश्यक रहेको कुरा औँल्याए । नेपालको स्वास्थ्यको अवस्थाका बारेमा स्वयमसेवीकाहरुले विश्व सामु फैलाएका छन् । महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्यका संवाहक हुन भने ।
कार्यक्रममा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरा कुमारी निरौलाले घरघरमा स्वास्थ्य सुचनाका साथ समय सापेक्ष आवश्यकता अनुसारको सेवाहरु महिला स्वास्थ्य स्वयम सेविकाले पहिलो लहरमा रहेर पुर्याएका छन् भनिन् । उनले कोभिड १९ मा पनि महिला स्वास्थ्य स्वयंसेविकाले ज्यान जोखिमा राखेर सेवा गरेकोमा प्रशंसा गरिन् । उनले वास्तवमै समाज सेवा महिला स्वास्थ्य स्वयंसेवीकाले गरेका छन् ६० वर्ष पुगेपछि बिदा गर्छौ भन्दा पनि बिदा हुनै नचाहने र सेवामा तल्लीन हुने चाहना राख्छन् भनिन्।
महिला स्वास्थ्य स्वयंसेवक गीता थिङले हामीलाई अन्याय भएको छ २० वर्ष पहिला बिदाइ गर्दा २० हजार दिने निर्णय भएको आजको परिवर्तित अवस्थामा पनि त्यही छ । विदेशीलाई सुनाउँदा छक्क पर्छन् । बिदाइमा दिने २० हजारलाई बढाएर १ लाख पुर्याउन सुझाव दिइन् ।
महिला स्वास्थ्य स्वयमसेविकाहरुको कामा २०१२ देखि एसएमएस याप्स बनाउने संस्था मेडिकल मोबाइल नेपालका कार्यकारी निर्देशक डा. नितिक भण्डारीले महिला स्वयम सेविका बलेको दियो जस्तै नेपालको स्वास्थ्य सेवामा उज्यालो फैलाउँने क्षमता र जिम्मेवारी बोकेका व्यक्ति भएकाले उहाँहरुको सम्मान हुनुपर्छ भने ।
कार्यक्रमका अध्यक्ष डा. अनुप बास्तोलाले दिगो विकास लक्ष्य हासिल गर्नका लागि समय सापेक्ष स्वास्थ्य सेवा अझ प्रभावकारी र वैज्ञानिक बनाउनुपर्छ यसका लागि महिला स्वास्थ्य स्वयंसेवीकाले खेलेका भूमिका सह्रानीय छ भने ।
प्रतिक्रिया