एनआईएमबी बैंकका सहायक म्यानेजरमाथि प्रसाईंका समर्थले गरे अभद्र व्यवहार

0
Shares

झापा ।

झापामा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी)का सहायक म्यानेजर दिनेश पनेरुमाथि अभद्र व्यवहार भएको छ ।

ऋणको विषयमा कुरा गर्न बोलाएर उनीमाथि अभद्र व्यवहार भएको हो । सो घटनामा दुर्गा प्रसाईंका समर्थक संलग्न रहेको आरोप छ ।

ऋणको विषयमा कुरा गर्न भन्दै जबरजस्ती बोलाएर पनेरूमाथि प्रसाईंका समर्थक देवी संग्रौलासहितको समूहले अभद्र व्यवहार गरेको बताइएको छ।