पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे ३ दिने आन्दोलनको घोषणा

0
Shares

काठमाडौं ।

जिल्ला अदालत काठमाडौंले चन्द्र विक्रम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महासचिवलगायतका नेताहरुलाई ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार पक्राउ पुर्जी जारी गरेपछि मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले तीन दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

अदालतको उक्त आदेश २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको नेकपाको ठहर छ।

‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता, प्रकाण्ड सी पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ। अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङ्घन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला पनि हो। राज्यको जिम्मेवार निकाय अदालतमा बसको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ। साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ,’ विप्लवले संघर्षको कार्यक्रम घोषणा गर्दै भनेका छन्।