हेरिटेज प्याजेन्टस्को उपाधि भेनेजुएला र जापानलाई

0
Shares

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्टस् २०२३ को उपाधि भेनेजुएला र जापानले जितेको छ। प्रतियोगितामा मिसतर्फको उपाधि जापानकी एरिका हारा र मिसेसतर्फ भेनेजुएलाकी वुवान्दर जिर्लेथ क्यासानोभा जितेका छन्।

थाइल्यान्डको राजधानी बैंककस्थित ईएससी पार्क होटलको अडिटोरियममा सम्पन्न प्रतियोगितामा मिसेस्तर्फ स्विडेनकी म्याडेलिन वालग्रेन भिकेरी फस्ट, न्युजिल्यान्डकी एली स्मिथ लाइन्स सेकेन्ड, मंगोलियाकी ड्यासबाल्जिड मंखजुल थर्ड र केन्याकी सिन्थिया किमाथि फोर्थ रनर्स अपक भएका छन्।  मिसतर्फ नाइजेरियाकी टे«सी सोलोमोन फस्ट, मेक्सिकोकी भ्यानेली उलेट सेकेन्ड, केन्याकी प्रुडेन्स टेन्डवा थर्ड र रसियाकी बेला टोट्रोभा फोर्थ रनर्सअप भएका छन्।

इप्लानेट पीटीई लिमिटेड सिंगापुरको आयोजनामा सम्पन्न प्रतियोगिताको कोरियोग्राफर नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेसियाका स्टेज कोरियोग्राफर वेस्ली श रहेका थिए। कार्यक्रमको सञ्चालन पनि रोजिनले गरेका थिए।

प्रतियोगिता मिस मिसेस्का अतिरिक्त हेरिटेज प्लस, हेरिटेज पटिट, हेरिटेज जेम्सजस्ता विभिन्न विधा पनि यसै वर्षदेखि सुरुवात गरिएको थियो। सो प्रतियोगितात्मक कार्यक्रममा आर्टिस्टिक निर्देशक विमल सुवेदी, मिसेस मलेसिया युनिभर्स २०१४ की विजेता एस्थर चिन, मिसेस हेरिटेज इन्टरनेसनल २०२२ की विजेता फोन्टिप सुवर्णयु, वल्र्ड ब्युटी प्याजेन्ट अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबि नादिर र मिस हेरिटेज इन्टरनेसनल २०२२ की विजेता एना किरिलिना निर्णायक रहेका थिए। कार्यक्रममा थाइल्यान्डका नृत्य कलाकारले नृत्य प्रस्तुत गरेका थिए।