जसपाको कोशी प्रदेश समितिले गर्‍यो जिम्मेवारी बाँडफाँट

0
Shares

काठमाडौँ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । इटहरीस्थित पार्टी प्रदेश कार्यालयमा सोमबार बसेको बैठकले सदस्यहरुलाई कार्यकारिणी सदस्यमा मनोनयन गर्नुका साथै विभागीय जिम्मेवारी तोकेको हो ।

जसअनुसार बैठकले उपेन्द्र लावती, बलबहादुर राई, मिना राई, गम्बु शेर्पा, राम माण्डुप राई, कमन देवान, कृष्ण कटुवाल र देवकृष्ण यादवलाई प्रदेश कार्यकारिणी समिति सदस्यमा मनोनयन गरेको छ ।

त्यसैगरी बैठकबाट प्रदेश समिति अन्तर्गतका विभागीय प्रमुखहरु समेत चयन गरिएको छ । जसअनुसार संसदीय विभाग प्रमुखमा दीपक याक्खा संगठन विभागको प्रमुखमा घनश्याम कटुवाल, पार्टी स्कूल तथा प्रशिक्षण विभाग प्रमुख प्रेम वनेम, प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख कमन देवान, सूचना सञ्चार विज्ञान तथा प्रविधि विभाग प्रमुख दिनेश दंगाल, युवा तथा खेलकूद विभाग प्रमुखमा गौरीमान राई, विद्यार्थी विभाग प्रमुखमा भरत याक्खा र महिला विभाग प्रमुखमा शर्मिला आङ्देम्बे चयन भएका छन् ।

त्यसैगरी विभागीय प्रमुखको जिम्मेवारी पाउनेहरुमा बलबहादुर राईलाई कृषि तथा सहकारी विभाग, उद्योग तथा वाणिज्य विभागमा लिला सुनुवार, शिक्षा विभागमा धनकुमार राई, स्वास्थ्य विभागमा विशाल आङ्देम्बे, सहकारी तथा गरिवी निवारण विभागमा हस्तशोभा राई, बन तथा वातावरण विभागमा राम माण्डुप राई, बौद्धिक पेसाकर्मी विभागमा उपेन्द्र लावती, कानून विभागमा तेन्जीङ शेर्पा, संघीय मामिला तथा स्थानीय तह विभागमा गम्बु शेर्पा, राज्य व्यवस्था तथा सुशासन विभागमा सविता यादवलाई विभागीय प्रमुख तोकिएको छ ।

बैठकबाट मधेस प्रदेश राष्ट्रिय समितिको सह इन्चार्जमा मनोज यादव, किरात राष्ट्रिय समितिको सह इन्चार्जमा रीता राई, लिम्बुवान राष्ट्रिय समितिको सह इन्चार्जमा विष्णु लावतीलाई चयन गरिएको छ । उक्त प्रदेश अन्तर्गतका राष्ट्रिय समितिका इन्चार्जहरु यस अघिको बैठकबाट तोकि सकिएको छ ।

त्यस्तै बैठकबाट आदिवासी जनजाती संयन्त्र प्रमुखमा धिरेन लावती, दलित संयन्त्रको प्रमुखमा भीम विक, मुस्लिम संयन्त्र प्रमुखमा सम्स तवरेज आलम, थारु संघको प्रमुखमा दीपक विश्वास थारुलाई जिम्मेवारी तोकिएको छ ।

बैठकले पहिचानको आन्दोलन लक्षीत आगामी संघर्षका कार्यक्रमहरु समेत अगाडि सारेको छ ।