मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा.भुसाल नियुक्त 



काठमाडौँ। 

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. चोपलाल भुसाल नियुक्त भएका छन् ।
यही मंसिर १३ गते बसेकोको मन्त्रिपरिषद्को बैठकले प्रा.डा. भुसाललाई ४ वर्षे कार्यकालका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।
नाक, कान, घाँटी रोग विशेषज्ञ समेत रहेका  प्रा. डा. भुसालले अध्यक्ष पदको कार्यभार स्वास्थ्य मन्त्रालयबाट पत्र बुझेको र मंगलबार काउन्सिल पुगी पदभार सम्हाल्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि काउन्सिलको अध्यक्ष पदमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान् कोइराला थिए । उनको कार्यकाल गत कात्तिका १८ गते सकिएको थियो । उनको कार्यकालमा स्वास्थ्य क्षेत्रमा भएका बिसंगतिलाई कानुनी रुपमा हटाउँने तर्फ निकै महत्वपूर्ण कामहरु कानून बनाउनेदेखि दोषीलाई कानुनी दायरामा ल्याई न्याय दिने काम भएका थिए ।

 डा.कोईरालाको कार्यकाल सकिनासाथ प्रा. डा. भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो । प्रा.डा. भुषाल नेपाल चिकित्सक संघ र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पूर्व अध्यक्ष, नेपालका लागि बंगलादेशका राजदूत भैसकेका  कूटनैतिक नियोगको समेत अनुभव बटुली सकेका  व्यक्तित्व हुन् ।

प्रतिक्रिया दिनुहोस्