उत्तरगयाधाममा एक सय आठ शिवलिङ्गकाे प्राण प्रतिष्ठा गरियो



 रसुवा।

रसुवा र नुवाकोटकाे संगम स्थल उत्तरगया धाममा एक सय  आठ शिवलिङ्गकाे विधिवत्  रूपमा प्राण प्रतिष्ठा गरिएको छ ।

सहयोगी दाताहरुबाट  नगद जिन्सी सहयोग भएपछि स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता एवं विभिन्न संस्था उद्यमी व्यवसायीको प्रयासबाट  निर्माण भएको र उक्त शिवलिङ्ग स्थापना गर्दा १६ लाख ५० हजार नौ सय १७ रुपैयाँ  लागेको स्थानीय दिलकृष्ण श्रेष्ठ ले बताए  ।

मंसिर १७ गते स्थापना गरिएको शिवलिङ्ग प्राण प्रतिष्ठा रुद्री पूजन,लाखवत्ति प्रज्वलन गरी  उद्वधाटन गरिएको थियो ।याे शिवलिङ्ग स्थापना गर्न जाे जसले सहयोग गरे उनीहरुको नाम शिलालेखमा राखिने बताइएको छ ।

यही  मंसिर २५ गते वाला चतुर्दशीमा शतजिवन छर्ने दिनको लागि समेत तयारी गरिएको समेत जनाइएको छ

प्रतिक्रिया दिनुहोस्