तार्केश्वरमा मेयर रनिङ शिल्ड सुरु



काठमाडौं।

तार्केश्वर नगरपालिकाको आयोजनामा दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको तार्केश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । तार्केश्वर नगरपालिकाको कार्यालयबाट खेलाडी, विद्यार्थी, स्काउट, जनप्रतिनिधि, विद्यालयका प्रतिनिधिलगायत सम्मिलित ¥याली तार्केश्वरस्थित टुसाल मैदानमा पुगेपछि उद्घाटन समारोहमा परिणत भएको थियो । उद्घाटन कार्यक्रम तार्केश्वर नगरपालिका वडा ८ का अध्यक्ष श्यामकृष्ण सापकोटाको अध्यक्षतामा भएको थियो ।

पहिलो दिन मनमैजुस्थित एन्जल्स हार्ट माविमा टेबलटेनिस खेल सुरु भएको छ । गल्र्स सिंगल्समा मानसिंह धर्म माविकी आरुसी तामाङले पुरानो गुहेश्वरी माविकी निकिता टमाटालाई ३–२ ले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरेकी छन् । हिमरश्मीकी श्रृष्टि विष्ट पनि आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै सेमिफाइनलमा पुग्न सफल भइन् ।

प्रतियोगितामा टेबलटेनिस, एथलेटिक्स, भलिबल, कबड्डी, बास्केटबल, उसु, कराते, तेक्वान्दो र ब्याडमिन्टन गरी ९ खेल समावेश छन् । दोश्रो संस्करणमा ३ खेल थप्दै खेल संख्या ९ पु¥याएको हो । यो संस्करणमा थपिएका नयाँ खेलमा टेबलटेनिस, बास्केटबल र ब्याडमिन्टन छन् ।

प्रतियोगितामा विभिन्न ४९ विद्यालयका २ हजार २ सय ५४ खेलाडीले सहभागी छन् । ब्याडमिन्टनमा ३, भलिबल र कबड्डीमा समान २–२, एथलेटिक्समा २६, कराते, उसु र तेक्वान्दोमा समान १२–१२, टेबलटेनिसमा ३ तथा बास्केटबलमा २ गरी जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

टिम च्याम्पियनले १ लाख, दोश्रोले ६० हजार, तेश्रोले ४० हजार र चौथोले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गत संस्करणको उपाधि हिमरश्मीले जितेको थियो । प्रतियोगिता मंसिर २२ गतेसम्म जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस्